logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लोकतान्त्रिक गोल्डकप फुटबल : महोत्तरीका दुवै टिम फाइनलमा


  • उज्यालो अभियान

रामपुर, चैत २२ – सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित फुटबल मैदानमा आयोजित प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा महोत्तरीका दुवै टिम फाइनलमा पुगेका छन् ।

आज सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा प्रतियोगिताको आयोजक जनजागृति यूवा क्लब रामपुरमाथि शुन्यका विरुद्ध ३ गोल गर्दै बर्दिवास नगरपालिका फाइनलमा पुगेको हो । बर्दिवासलाई फाइनलमा पुर्याउन संगम मगरले दुई र सुजन श्रेष्ठले एक गोल गरे ।

बर्दिवास नगरपालिकाले अब प्रतियोगिताको उपाधिका लागि पर्सी शनिबार बर्दिवासकै अर्को क्लब जनसेवी यूवा क्लबसँग खेल्ने छन् । जनसेवी हिजो पहिलो सेमिफाइनल खेलमा मोफसलको चर्चित नव जनजागृति युवा क्लब सिमरा, बारालाई ट्राइबे्रकरमा ५–४ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आज सर्लाहीका एलिस लुंगेली म्यान अफ दि म्याच बन्दै २५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा चैत १७ गतेदेखि जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।