logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रामनगर गाउँपालिका अध्यक्ष कप क्रिकेट : वडा नं. ५ लाई उपाधि


  • उज्यालो अभियान

रामनगर, चैत २२ – सर्लाहीको रामनगर गाउँपालिकामा आयोजित अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ ।

वडा नं. २ लाई ६६ रनले पराजित गर्दै दोस्रो संस्करणको क्रिकेट कपको उपाधि वडा नं. ५ ले उचालेको हो । धुर्बा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ खोजेको वडा नं. ५ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनायो ।

१८३ रनको विजयी लक्ष्य पाएर मैदान उत्रिएको वडा नं. २ ले १४.५ ओभरमा अल आउट हुँदै ११७ रन मात्रै बनाउन सक्यो । जितसँगै वडा नं. ५ ले नगद २५ हजार रुपियाँसहित प्रतियोगिताको कप हात पारेको छ ।

उपबिजेता वडा नं. २ ले भने १५ हजार रुपियाँमा चित्त बुझाएको छ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई संविधान सभा सदस्य शिवपुजन राय, गाउँपालिका अध्यक्ष राजाबाबु यादव, वडा नं. २ का वडाध्यक्ष सदानन्द यादव, वडा नं. ५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

चैत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए ।