logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मोफसलको चर्चित जनजागृति यूवा क्लब सिमरालाई हराउँदै जनसेवी महोत्तरी फाइनलमा


  • उज्यालो अभियान

रामपुर, चैत २२ – मोफसलको चर्चित क्लब नवजनजागृति युवा क्लब सिमरा बारालाई ट्राइबे्रकरमा ५–४ गोलले पराजित गर्दै जनसेवी युवा क्लब महोत्तरी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हिजो ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित फुटबल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा सिमरा गोल्डकपको आयोजक नव जनजागृतिलाई स्तब्ध पार्दै जनसेवी उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि ट्राइबे्रकरमार्फत खेलको नजिता निकालिएको आयोजकले जनायो ।

हिजोको खेलमा जनसेवीका गोलरक्षक अशोक अधिकारी म्यान अफ दि म्याच बन्दै २५ सय नगद पुरस्कार प्राप्त गरेका छन् । ट्राइबे्रकरमा सिमराको एउटा प्रहार रोक्दै अधिकारीले नै टिमलाई फाइनलमा पुर्याउन सफल भएका हुन् ।