logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नगरस्तरीय निबन्ध प्रतियोगितमा धरहरा माविकी छात्रा महतो प्रथम


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी, चैत २० – बागमती नगरस्तरीय मा.वि. स्तरीय निबन्ध प्रतियोगितामा जनबाल कल्याण माध्यमिक विधालय धरहराकी काजल कुमारी महतो प्रथम भएकी छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज बागमती नगरपालिका १० मा रहेको रक्षापुर प्राविमा आयोजित निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध प्रस्तुत गरी महतो प्रथम भएकी हुन् । सुर्योदय साकोस, साना किसान कृषि सहकारी संस्था, ग्रामिण बिधुत सहकारी संस्था र दिदिबहिनी सहकारी संस्था शंकरपुरको मुख्य आयोजनामा आयोजित निबन्ध प्रतियोगितामा बागमती नगरपालिका भित्र रहेका ६ वटा माध्यमिक बिधालयको सहभागिता रहेको थियो ।

‘समाजमा सुशासन सहित सहकारी र सदस्यको भूमिका’ भन्ने शिर्षकमा सहभागी छात्राहरुले आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए । प्रतियोगितामा सोल्टीमा रहेको यूरिका इङ्लिस स्कूलकी सिमा शिबाकोटी दोस्रो भइन् ।

त्यसैगरी तेस्रो हुनेमा ज्ञानोदय इङ्लीस स्कूल राजघाटकी कन्चन लामा रहेकी छन् । बागमती नगरमा सामुदायिक र निजी गरी जम्मा ८ वटा माध्यमिक बिधालय छन् । जसमध्ये ६ वटा बिधालयले प्रतियोगितामा सहभागी जनाएका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

सहभागी बिधालयमा नवजनजगरण मावि बागती ८, नमुना जनता मावि बागमती ५, जनवाल कल्याण मावि बागमती ३, जनता मावि बागमती १ मिलनचोक,नमुना ज्ञानोदय इङ्लिस स्कूल बागमती ५ राजघाट र यूरिका इङ्लिस स्कूल बागमती ८ सोल्टी रहेको बताए ।

निबन्ध प्रतियोगिताको निर्णायक मण्डलमा लक्ष्मण पौडेल,रमेश दहाल, महेश बराल सहजीकरण गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाइ ५ हजार दोस्रोलाइ ४ हजार तेस्रोलाइ ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको सूर्योदय साकोसका अध्यक्ष कृष्ण तुमसिङले जानकारी दिए ।

साना किसान कृषि सहकारी संस्था शंकरपुरका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा सर्लाही क्षेत्र न.ं ३ (क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो ।

बागमती नगरपालिका ८ का वडाध्यक्ष डम्बर कार्की, ९ नम्बरका वडाध्यक्ष दर्शन राय, १० नम्बरका वडाध्यक्ष शेष जुबेर, विद्युत् सहकारी महासंघका केन्द्रिय सदस्य जंग बहादुर महतो, दुग्ध उत्पादक प्रशोधन संघ सर्लाहीका अध्यक्ष लक्ष्मण पौडेल, सहकारी अभियन्ता चन्द्रदेव देवकोटा, ग्रामिण बिधुत सहकारीका अध्यक्ष भीम प्रसाद कोइराला, स्वष्तिक सहकारी इश्वरपुरका प्रबन्धक बिनोद थापा, ग्रामिणका प्रबन्धक रोहित भट्टराइ, खानेपानी संस्थाका अध्यक्ष खड्गनारायण श्रेष्ठ, समाजसेवी बिरबहादुर खड्का, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, बिधार्थी, शिक्षक, सहकारीकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम दिदीबहिनी सहकारी संस्थाका अध्यक्ष कौशिल्या निरौलाको स्वागत मन्तब्य तथा भुवन प्रसाद निरौलाले संचालनमा सम्पन्न भएको हो ।