sagun
हरिवन, १९ चैत – ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक कार्य गरेको छ ।
हरिवन नगरपालिका ११ मा प्रधान कार्यालय रहेको संस्थाले तीन दिवसीय कार्यक्रम अन्तर्गत हिजो (आइतबार) पहिलो दिन ७ वटा विद्यालय र एउटा समिक्षालयमा पंखा, डष्टविन र पानीको जार वितरण गरेको हो । संस्थाका व्यवस्थापक रवीन्द्र रानाले संस्थाका पदाधिकारी तथा कर्मचारी सामाजिक कार्यमा सरिक भएको जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकास्थित कर्मैया आदर्श जनता क्याम्पसमा १० थान सिलिङ पंखा, जनता माध्यमिक विद्यालय थिङटोलमा ५ थान डस्टबिन र शेरजग चोक समिक्षालयमा १ थान डस्टबिन प्रदान गरिएको छ ।
त्यसैगरी हरिवन नगरपालिकास्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा ५ थान डष्टबिन र १ थान पानीको जार, सगुन शिक्षा आवासिय विद्यालयमा ५ थान डस्टबिन र एक थान पानीको जार, महादेव जनता नमूना माध्यमिक विद्यालयमा ५ थान डस्टबिन र १ थान पानीको जार, जनजागृति माध्यमिक विद्यालय बेतालीमा ५ थान डस्टबिन र १ थान पानीको जार र चुरे आधारभूत विद्यालयमा ३ थान डस्टबिन र २ थान पानीको जार प्रदान गरिएको व्यवस्थापक रानाले जानकारी दिए ।
सबै स्थानमा संस्थाका सचिव राजकुमार उप्रेतीले कार्यक्रम संचालन गरी अध्यक्ष केशव ढकालले मन्तव्य व्यक्त गर्दै उपस्थित पदाधिकारी र कर्मचारी भएर सम्वन्धित विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेका छन् ।
६७ औँ राष्ट्रिय सहकारी दिवस अन्तर्गत आज चतुर्भूजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरीमा जिल्लाका क्याम्पसहरुको सहभागितामा निवन्ध प्रतियोगिता आयोजना गरिँदै छ ।
भोली हरिवन नगरस्तरीय सहकारी सन्जालको आयोजनामा भोली सगुनको कार्यालय परिसरमा रक्तदान तथा सनराईज आवासिय विद्यालयको मैदानमा सहकारकर्मी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ ।