लालबन्दीस्थित जानकी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसइइ दिन आइपुगेका विद्यार्थी ।
मलंगवा, १८ चैत – परीक्षा अनुगमन टोलीले आज सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सात जना परीक्षार्थीलाई समेत निष्काशित गरेको छ ।
श्रीमती लक्ष्मीदेवी माध्यमिक विद्यालय गम्हरिया परीक्षा केन्द्रबाट चार जना, जनता माध्यमिक विद्यालय धनकौल ३ हरकठवाबाट एक जना, पब्लिक माध्यमिक विद्यालय पर्साबाट एक जना र केश्वर गरिब जता माध्यमिक विद्यालय हरिपूर्वा परीक्षा केन्द्रबाट एक जना परीक्षार्थी मर्यादा विपरीत परीक्षा दिइरहेको पाइएपछि निष्काशित भएका हुन् ।
निष्काशनमा परेका ७ जनामध्ये एक जना हरकठवाका नक्कली परीक्षार्थी समेत शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका निमित्त प्रमुख रामवृक्ष महतोले बताए ।