जब्दी, चैत १८ – लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा आयोजित प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा आज पुर्नवास युवा क्लब नवलपुर बिजयी भएको छ ।
चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसलाई ७ रनले पराजित गर्दै पुर्नवास बिजयी भएको हो । मैदान भिजेर सुक्न समय लागेकाले आज ढिलो गरी खेल खेलाएर १६ ओभरमा छोट्याइएको थियो । पुनर्वासले दिएको १९१ रनको लक्ष्य लिएर मैदान उत्रिएको चतुर्भूजेश्वरले १६ ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्रै बनाउन सक्यो ।
लालबन्दी राइजिङ्ग क्लबले आयोजना गरेको प्रतियोगितामा २० वटा क्लबले सहभागिता जनाएका छ । १० दिनसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ७५ हजार ५०५ रुपैयाँ र उपबिजेताले ३७ हजार ५०५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका सचिव सुरज थापाले जानकारी दिए । थापाका अनुसार टि–ट्वान्टी र्फम्याटमा खेलाइने प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा बर्दिवास नगरपालिका बिजयी भएको थियो ।
प्रतियोगितामा भोली बिहान ८ बजे पहिलो खेल खयरमारा र चन्द्रपुर तथा दोस्रो खेल दिउँसो २ बजे पोलार्ड र कर्मैयाबीच हुने थापाले बताउनुभयो ।