logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लोकतान्त्रिक गोल्डकप : मोफसलको चर्चित वीरगन्ज युनाइटेड बर्दिवाससँग स्तब्ध


  • उज्यालो अभियान

बयलवास, चैत १८ – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा मोफसलको निकै चर्चित क्लब वीरगन्ज युनाईटेड बर्दिवास नगरपालिकासँग पराजित भएको छ ।

आफ्नो पहिलो खेलमै वीरगन्ज आज बर्दिवास नगरपालिका महोत्तरीसँग १–० गोलले स्तब्ध भएको हो । बर्दिवासका लागि खेलको ४६ औँ मिनेटमा संगम मगरले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा अब भोली सिमरा गोल्डकप गर्दै आइरहेको मोफसलको अर्को चर्चित क्लब नवजनजागृति युवा क्लब सिमरा, बारा र महोत्तरीको बेंखाडी युवा क्लबबीच प्रतिस्पर्धा हुने सर्लाहीका स्थानीय रेफ्री वुद्धिमान तामाङ (बुना) ले जानकारी दिए । रामपुरस्थित फूलजोर खोला किनारमा रहेको फुटबल चौरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा हिजो जनसेवी युवा क्लब महोत्तरीले सिरहा–११ लाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

सर्लाही लोकतान्त्रिक खेलकुद संघ सर्लाहीको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल चैत २४ गते हुने आयोजकले जनाएको छ ।