logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लोकतान्त्रिक गोल्डकप : वीरगन्ज युनाइटेड र बर्दिवास नगरपालिका भिड्दै


  • उज्यालो अभियान

रामपुर, १८ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज मोफसलको चर्चित क्लब वीरगन्ज युनाइटेड र बर्दिवास नगरपालिकाले खेल्दै छन् ।

प्रतियोगिताको दोस्रो दिन आज वीरगन्ज र बर्दिवास भिड्न लागेका हुन् । खेल अपरान्ह ४ बजेपछि रामपुरस्थित फूलजोर खोला किनारमा रहेको फुटबल मैदानमा सुरु हुने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो जनसेवी युवा क्लब महोत्तरीले सिरहा–११ लाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सर्लाही लोकतान्त्रिक खेलकुद संघ सर्लाहीको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल चैत २४ गते हुने आयोजकले जनाएको छ ।