मलंगवा, १३ चैत – सर्लाहीसहित तराई क्षेत्रमा साेमबार रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली हर्षोउल्लासपूर्वक मनाइएको छ ।
पहाडी जिल्लाहरुमा होली मनाएको भोलीपल्ट तराई मधेशमा यो पर्व मनाउने प्रचलन अनुसार साेमबार मनाइएको हो । सर्लाहीको उत्तरी भेगमा भने आईतबार र साेमबार दुवै दिन स्थानीयले हाेली पर्व मनाएका छन् ।
साेमबार दिउँसाे रेडियाे मधेश मलंगवाले हाेली मिलन समाराेह आयाेजना गरेकाे छ । कार्यक्रममा संविधान सभा सदस्य नरेन्द्र साह, पूर्व संघीय सांसद प्रमाेद साह, जिल्ला समन्वय समितिका पूर्व प्रमुख मेथुर चाैधरी, प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला, नेपाली सेनाका प्रमुख सेनानी सुर्य बहादुर कार्की, नेपाल प्रहरीका एसपी दयानिधी ज्ञवाली, सशस्त्र प्रहरीका एसपी विनाेद राज खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष टंक बहादुर क्षेत्री सहित जिल्लाभरका पत्रकारहरु, व्यवसायी एवं समाजसेवीहरु सुगन्ध कुमार कुप्ता (संजय), विकास गाेयल, सुशील चालिसे, डा. गुणेश्वर झा, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

