logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी महोत्सवमा उत्कृष्ट किसान पुरस्कृत


  • उज्यालो अभियान

लालबन्दी, फागुन २० सर्लाहीको लालबन्दीमा आयोजित प्रथम लालबन्दी महोत्सवमा उत्कृष्ट किसानलाई आज पुरस्कृत गरिएको छ ।

आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीले महोत्सवमा राखिएका विभिन्न कृषि उपजका २६ वटा स्टलमध्ये उत्कृष्ट ६ किसानलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा तरकारी बालीतर्फ लालबन्दी ११ का कासिन्द्र महतो, फलफूलतर्फ लालबन्दी ८ का विनोदकुमार श्रेष्ठ, खाद्यान्न बाली तर्फ (मकै खेती) लालबन्दी २ का जस्मिना गिरी, रैथाने बालीतर्फ (कोदो, फापर खेती) नारायण डाँडा गोसाइकुण्ड कृषक समूह लालबन्दी १३, मसला बालीतर्फ (मरिच खेती) लालबन्दी का रामबहादुर बुढाथोकी र तेलहन बालीतर्फ (तोरी खेती) लालबन्दी २ का कृष्ण प्रसाद तिमल्सिनालाई पुरस्कृत गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ लालबन्दीले जनाएको छ ।

महोत्सवमा २६ जना किसानले आ–आफ्नो कृषि उपज प्रदर्शनीमा राखेका थिए । ६ जना उत्कृष्टसहित लालबन्दी नगरपालिकाभित्रका सम्पूर्ण २६ जना किसान तथा कृषि फर्मलाई कोदालो, कुटो, हँसिया, कचिया, बेल्चा र आरासहित प्रशङ्सा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

यो प्रदर्शनी र सम्मानबाट किसान उत्साहित देखिएका लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्णप्रसाद पौडेलले बताए ।