लालबन्दी, १९ फागुन – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न खेल प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा बीबीएस चौँथो वर्षले अधिकांश बिधाको खेलमा जित हाँसिल गरेको छ । फागुन १३ गतेदेखि शुक्रबारसम्म अतिरिक्त क्रियाकलाप गराइएको हो । जस अन्तर्गत टेबल टेनिस, बतृत्वकला, भलिबल र दौड पुरुषतर्फ बीबीएस चौंथो वर्ष बिजेता बनेको छ ।
त्यसैगरी, क्रिकेटमा बीबीएस दोस्रो वर्ष, फुटबलमा बीबीएस पहिलो वर्ष, दौड महिलातर्फमा बीबीएस पहिलो वर्ष, हाजिरी जवाफमा बीबीएस दोस्रो वर्ष र म्युजिकल चेयरमा बीबीएस पहिलो वर्ष च्याम्पियन बनेका छन् ।
प्रतियोगिताका बिजेता टिमका विद्यार्थीलाइ क्याम्पसमै हुने अर्को कार्यक्रममा पुरस्कार वितरण गरिने क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सदस्य विवेक बनियाँले बताए ।