logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी महोत्सव एक दिन थपियो, २० गतेसम्म लाग्ने


  • उज्यालो अभियान

लालबन्दी, १६ फागुन – लालबन्दीमा जारी प्रथम लालबन्दी महोत्सव फागुन २० गतेसम्म लाग्ने भएको छ ।

फागुन १० देखि सुरु भएको महोत्सव १९ गतेसम्मका लागि निर्धारण भएको थियो । तर, महोत्सवमा मानिसको चाप अत्यधिक रहेको र दर्शकले एक दिन भएपनि थप्नुपर्ने आवाज उठाइरहेकाले सोही अनुसार आज जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।

जिल्ला प्रशासनले फागुन २० गतेसम्म महोत्सव लगाउन अनुमती प्रदान गरेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले जानकारी दिए । बजारलाई चलायमान बनाउने उद्देश्यसहित पहिलो पटक राखिएको महोत्सवमा आफूहरुले सोचेको र अपेक्षा गरेको भन्दा पनि बढी दर्शक आएर अवलोकन गरिरहेका बलम्पाकीको भनाई छ ।

उद्योग वाणिज्य संघले विभिन्न निकायसँग समन्वय गरी लालबन्दी ६ स्थित राधाकृष्ण खेल मैदानमा आयोजना गरेको महोत्सवमा लालबन्दीसहित आसपासका पालिकाबाट समेत ठूलो संख्यामा दैनिक दर्शकहरु आइरहेका छन् ।