logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी महाेत्सवमा आज ज्याेतीले नचाउने, खैरातेले हसाउने


  • उज्यालो अभियान

लालबन्दी, १६ फागुन – “कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित जारी प्रथम लालबन्दी महाेत्सवमा आज (बुधबार) दिउँसाे गायिका ज्याेती मगर सहित राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुकाे प्रस्तुती रहने भएकाे छ ।

महाेत्सवमा चर्चित गायिका मगरसँगै हास्य कलाकार राजन´खैराते`, गायक रमेशराज भट्टराई, डान्सर एमजे मिथुन लगायतले कला प्रस्तुती गर्ने उद्याेग वाणिज्य संघ लालबन्दीका महासचिब प्रदिप भट्टराईले जानकारी दिए । दिउँसाे ४ बजेदेखि राती ९ बजेसम्म कलाकारहरुकाे प्रस्तुती रहने आयाेजकले बताएका छन् । कार्यक्रम सञ्चालन भने अनित विष्टले गर्नेछन् । हिजाे (मंगलबार) लाेकदाेहाेरी गायक बद्री पंगेनी लगायत कलाकारले महाेत्सव तताएका थिए ।

त्यस्तै बुधबार महाेत्सव स्थलमै रक्तदान कार्यक्रम समेत राखिएकाे आयाेजक उद्याेग वाणिज्य संघले जनाएकाे छ । रक्तदानमा सहभागी भई पुण्य कर्म गर्नका लागि आयाेजकले आम सर्वसाधारणमा आग्रह गरेका छन् ।

फागुन १० गतेदेखि सूरु भएकाे महाेत्सव फागुन १९ गतेसम्म चल्ने उद्याेग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले जानकारी दिए । बलम्पाकीका अनुसार अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गरिएकाे हाे । महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

१० दिनसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएपनि उत्साहजनक उपस्थिती भएकाले अनुमानभन्दा निकै संख्यामा दर्शकहरु आउने देखिएकाे आयाेजकले बताएका छन् । आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपैयाँ र अन्य सर्वसाधारणलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइएकाे आयोजकले जनाएको छ