logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज हरिवनमा चर्चित गायिका ज्याेती मगर आउँदै


  • उज्यालो अभियान

हरिवन, १५ फागुन – ४२औँ राष्ट्रिय मगर एकता दिवसकाे अवसरमा नेपाल मगर युवा संघ सर्लाहीले आज (मंगलबार) दिउँसाे हरिवन स्थित सूर्तीबिकास खेल मैदानमा विविध सांस्कृतिक कार्यक्रम गर्दैछ ।

कार्यक्रममा चर्चित लाेकदाेहाेरी गायिका ज्याेति मगरकाे प्रस्तुती समेत राखिएकाे कार्यक्रम संयाेजक कामना क्याप्छाकी मगरले जानकारी दिए । गायिका ज्याेतिकाे दिउँसाे २ बजेदेखि प्रस्तुती रहने आयाेजकले बताएका छन् ।

त्यसअघि मध्याह्न सूरु हुने कार्यक्रममा शुभकामना आदानप्रदान एवं मगर भेषभूषा, कला संस्कृति झल्कने स्थानिय कलाकारहरुकाे प्रस्तुती समेत रहने संयाेजक क्याप्छाकीले जानकारी दिए ।