logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज फेरि हुस्सु लागेर चिसो


  • उज्यालो अभियान

मलंगवा, ४ फागुन – सर्लाहीमा आज फेरि हुस्सु लागेर चिसो छ ।

यहाँ अहिले बिहानीपख विशेष गरी दक्षिणी बेल्टमा बढी हुस्सु लागिरहेको स्थानीयले बताएका छन् । हाईवे क्षेत्र र चुरेभेगमा भने पातलो मात्रामा हुस्सुकै बीच घाम देखा परिरहेको छ ।

आज बिहान शित परेको थियो । मंगलबार र बुधबार दुई दिन पानी पर्लाजस्तो भएर धुम्मिएको यस क्षेत्रको मौसम हिजो भने दिनभर पारिलो घाम लागेर उघ्रिएको थियो । आज फेरि अहिले बिहानपख हुस्सु लागेर चिसो महशुस गरिएको हो ।

बिहान ठीक ७ बजे जिल्लाको तापक्रम १३ डिग्री सेल्सीयस मापन गरिएको छ ।

चिकित्सकले अझै चिसो कायमै रहेको र धुलो–धुँवाको प्रदुषण बढ्दै गइरहेकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो बेलामा टाउको तथा घाँटी दुख्ने, ज्वरो, रुघाखोकी, डाइरिया, अपजजस्ता चिसो र धुलोधुँवाजन्य संक्रमण बढीरहेको चिकित्सकले बताएका छन् ।