logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘बाल विवाह’ विरुद्ध चेतनामूलक नाटक


  • उज्यालो अभियान

जब्दी, २ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–२, जब्दी भैरवपुरमा रहेको मनपुरन जनता माध्यमिक विद्यालयमा बुधबार ‘बाल विवाह’ विरुद्ध चेतनामूलक नाटक देखाइएको छ ।

‘बाल विवाह’ गर्नु हुँदैन भन्ने सन्देश दिन विद्यालयमा गठित जीवन ज्योति बाल क्लबका बालबालिकाले नाटक प्रदर्शन गरेका हुन् । अम्प्लिफाई चेन्ज, राधा पौडेल फाउण्डेसन र बाल संरक्षण संस्था लालबन्दीको साझेदारीमा यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत बालबालिकाले नाटक देखाएका बाल संरक्षण संस्थाको यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियोजनाकी संयोजक सरिता कटुवालले जानकारी दिईन् ।

कटुवालका अनुसार सरस्वती पूजाका लागि विद्यालयमा ठूलो संख्यामा आएका विद्यार्थी र अभिभावकमाझ चेतनामूलक नाटक देखाइएको हो ।