घनश्याम बलम्पाकी, २ फागुन – सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको गोरखा एकेडेमीले बुधबार सरस्वती पूजाको अवसर पारेर आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।
२०७६ सालमा स्थापना भएको विद्यालयले प्रत्येक वर्ष विद्यार्थी, अभिभावक र सरोकारवालाको उपस्थितिमा वार्षिकोत्सव मनाउँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल सुवास घिमिरेले जानकारी दिए । विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीमाझ विभिन्न विधामा खेल प्रदर्शनसहित नृत्य समेत देखाइएको छ ।
विद्यालयका व्यवस्थापक अमिरा घिमिरेको अध्यक्षता तथा हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा महादेव जनता नमूना माध्यमिकका निमित्त प्रधानाध्यापक गिरिराज राना, तेन्वान्दो संघ मधेश प्रदेशका उपाध्यक्ष भरत भण्डारी, संघकै जिल्ला अध्यक्ष बद्री सापकोटा, ट्रक व्यवसायी संघ सर्लाहीका अध्यक्ष रामकुमार दवाडी, अर्किड आवासिय विद्यालयका प्रिन्सीपल पशुपति दाहाल लगायतको आतिथ्यता रहेको थियो ।