लालबन्दी, २६ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आजबाट लालबन्दी नगर स्तरीय ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जब्दीस्थित फूलजोर खोला किनारको चौरमा आयोजित प्रतियोगिताको प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गरिन् । नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकलगायतको आतिथ्यता रहेको थियो ।

जनता आधारभूत विद्यालय लालबन्दी ११ हीरापुरका प्रधानाध्यापक पुष्प बहादुर श्रेष्ठको संचालन रहेको कार्यक्रमका सहभागीलाई मनपुरन जनता माध्यमिक विद्यालय जब्दीका प्रधानाध्यापक शेषनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरे ।

लालबन्दी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० व्यवस्थापन तथा निर्देशन समितिको आयोजना तथा मनपुरन जनता मावि जब्दी संचालक रहेको प्रतियोगिता पर्सीसम्म चल्ने छ ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २१ वटा विद्यालय सहभागी भएका आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीबीच एथलेटिक्स, भलिबल, ज्याब्लिङ थ्रो, सटपुट र कबड्डीमा प्रतिस्पर्धा गराइने मनपुरन जनता माविका शिक्षक कृष्णप्रसाद धमलाले जानकारी दिए ।