logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जगतपुरमा १२७ जना बालबालिकालाई न्यानो कपडा वितरण


  • उज्यालो अभियान

हरिपुर, २४ माघ – सर्लाहीको हरिपुर नगरपालिका–८, जगतपुरमा रहेको जनता प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मोरङ, सुनसरीलगायत पूर्वमा रहेका मेन्स रुम रिलोडेड (एमआरआर) का युवाले अमेरिका र यूएईमा बस्ने साथीहरुसँग सहकार्य गरी विद्यालयमा अध्ययनरत १२७ जना बालबालिकालाई न्यानो स्विटर, टोपी, मोजासहित शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत जगतपुर प्राविका शिक्षकहरुको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा बाँडिएको आयोजकका पवन भट्टले जानकारी दिए ।

कठ्यांग्रिदो चिसोमा न्यानो कपडा पाएपछि प्रायः मुसहरसहित दलित र अतिविपन्न बालबालिका अध्ययनरत सो विद्यालयका विद्यार्थीलाई राहत मिलेको छ ।