लालबन्दी – पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका ६ पशु सेवा केन्द्र अगाडिको पुलमा अहिले राति एउटा कार ठोक्किएको छ ।
राति पौने ८ बजेतिर बा २१ च ६५९५ नम्वरको कार पुलमा ठोक्किएको हो । दुर्घटनामा एक जना महिला घाइते भएको प्रारम्भिक जानकारी आएपनि विस्तृत विवरण खुल्न बाँकी छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल केसीले परिवार सवार कार दुर्घटनामा परेको र घाइतेको अवस्था सामान्य रहेको उज्यालो अभियानसँग बताए ।
घाइतेलाई स्थानीयले उद्धार गरी लालबन्दी ६ मै रहेको मोडेल अस्पताल पुर्याएका छन् । पुलमा ठोक्किएको गाडी प्रहरी र स्थानीय भएर सडकबाट धकेलेर हटाएका छन् ।
सडकमा कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।