प्रतिकात्मक तस्बीर ।
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा बालिकालाई उनकै घरमै गएर जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले स्थानीय ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरेको हो । चौधरीले यही माघ २० गते छिमेकी १२ वर्षीया एक बालिकालाई घरमा कोही नभएको मौकामा टिभीको रिमोर्ट बनाउने बहानामा घरमा प्रवेश गरेर जवरजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।
उनलाई जवरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
शारीरिक रुपमा अशक्त रहेका चौधरी प्यारालाइसिसका बिरामी रहेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको र उनको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।