logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

घरमा लुकाएर लागुऔषध गाँजा बेच्ने पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

बलरा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा घरभित्र लागुऔषध लुकाएर बेचबिखन गर्दै आएका एक युवक पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय २५ वर्षीय घनश्याम तिवारीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो । तिवारीको घरमा लागुऔषधको बिक्री वितरण हुने गरेको सूचना पाएर इलाका प्रहरी कार्यालय गडहीयाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरेराम नेपालको नेतृत्वमा खटिगएको प्रहरी टोलीले दुई किलो ४४० ग्राम गाँजा समेत बरामद गरेको छ ।

त्यस्तै गाँजा जोख्न प्रयोग गरिएको दुई किलो र १० ग्रामको ढक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तिवारीलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।