logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पुरानो पक्की घर तथा संरचनाहरु अभिलेखीकरण गर्ने मौका


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाले २०७४ सालभन्दा अघि निर्माण भएका सबै प्रकारका पक्की घर तथा संरचना अभिलेखीकरण गर्ने मौका प्रदान गरेको छ ।

२०७४ अघि नक्सापास बिनै निर्माण गरिएका पक्की घरहरु अभिलेखीकरण गर्ने मौका दिइएको हो । प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले सूचना जारी गरी आगामी चैत मसान्तभित्र नाप नक्सा तयार पारी नगरपालिकामा अभिलेखीकरण गर्न आग्रह गरेका छन् ।

अभिलेखीकरणका लागि घर अनुसारको सक्कलै नक्सा २ प्रति, घर भएको जग्गाको सक्कलै कित्ताकाट नक्सा एक प्रति, चालू आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपी एक प्रति, घर भएको जग्गाको लालपूर्जाको प्रतिलिपी एक प्रति, घरधनीको पासपोर्ट साइजको फोटो २ प्रति र निवेदन आवश्यक पर्ने श्रेष्ठले बताएका छन् ।

बयलवास बजार बाहेक ग्रामीण भेग धेरै पर्ने यस नगरपालिकामा अहिले पनि प्रायः नक्सापास बिनै घर तथा पक्की संरचना निर्माण गर्ने परिपाटी छ ।

नगरपालिकाले नक्सापास बिना घर तथा अन्य संरचना निर्माण नगर्न सूचनामार्फत अनुरोध पनि गरेको छ ।