logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दीमा आज पर्यटन प्रवद्र्धनका लागि पदयात्रा गरिँदै


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

पत्थरकोट – लालबन्दीमा आज वडा नं. १३ नारायणडाँडा भ्यू टावरदेखि पर्यटन प्रवद्र्धन पदयात्रा गरिँदै छ ।

नारायण डाँडादेखि कर्मडन्डी, बाहुनीडाँडा, अर्नेडाँडा हुँदै परवानिपुरस्थित कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गर्न लागिएको हो । त्यसका लागि नगरपालिका कार्यालयबाट जनप्रतिनिधिसहित अन्य सरोकारवालाको टोली नारायण डाँडा प्रस्थान गर्न लागेको छ ।

सुगम मानिने लालबन्दी नगरपालिका अन्तर्गत चुरे क्षेत्र आसपास बस्ने नागरिकहरु सामान्य आधारभूत सेवा (बाटो, पानी, बिजुली लगायत) बाट बन्चित रहनु परेकाले सो क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले यही माघ १२ गते सम्पन्न ११ औँ नगर सभाको निर्णयले पर्यटन प्रवद्र्धन पदयात्रा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताए ।