logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी क्षेत्रमा ३ घण्टापछि बिजुली सूचारु


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी र लालबन्दीदेखि पूर्वतर्फको भेगमा ३ घन्टापछि बिजुली सूचारु भएको छ ।

आज दिउँसो हावा चल्दा बागवानी क्षेत्रमा तार चुँडिएको थियो । त्यहाँ मर्मतको काम सकिए पनि बागवानी जंगलदेखि डुमडुमे मन्दिरसम्मको लाइन जोड्दा फल्ट देखाएको र सो समस्या समेत समाधान गरी बत्ती सूचारु गरिएको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए ।

दिउँसो करिव ४ बजेदेखि अवरुद्ध भएको बिद्युत् साँझ ७ बजेतिर सूचारु भएको हो । अब हावाहुरी चल्ने मौसम सुरु भएसँगै यस्तो समस्या बढ्ने प्राविधिकहरुले बताएका छन् ।

सर्लाहीमा आज दिनभर घाम लागेर चैत, बैशाखको झैँ हावा चलेको थियो ।