logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पत्रकार ठाकुरलाई ५० हजार राशीको पत्रकारिता पुरस्कार


  • उज्यालो अभियान

गैर – बाराबाट प्रकाशन हुने कृपा दैनिकले प्रदान गर्ने स्व. नवजान स्मृति पुरस्कार यो वर्ष कान्तिपुर दैनिकका सर्लाही संवाददाता ओमप्रकाश ठाकुरलाई प्रदान गरिने भएको छ ।

कृपा दैनिकको पुरस्कार छनौट समितिले कविलासी नगरपालिका १ पिपरीया निवासी पत्रकार ठाकुरलाई ५० हजार राशीको सो पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ठाकुर उज्यालो अभियान दैनिकका संचालक पनि हुन् ।

कृपा दैनिकका तत्कालिन प्रधान सम्पादक स्व. नवराज उपाध्याय र उनकी पत्नी स्व. उमा (जानकी) देवी उपाध्यायको स्मृतिमा ‘नवजान स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।

यस्तै, रौतहटका पत्रकार फणि महतलाई पनि सोही पुरस्कार राशीकै स्व. नवजान स्मृति पुरस्कार र बाराकी पत्रकार शारदा पोखरेललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।