logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु


  • उज्यालो अभियान

सागरनाथ – सर्लाहीको ईश्वरपुरमा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

ईश्वरपुर नगरपालिका–४, स्थित सागरनाथ माध्यमिक विद्यालय सागरनाथको प्राङ्गणमा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता प्रारम्भ भएको हो । प्रतियोगिताको नगरप्रमुख मनोजकुमार आचार्यले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नगर उपप्रमुख रन्जिता देवी चौधरी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, पूर्व नगरप्रमुख मनोजकुमार देवकोटा, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, शिक्षा शाखा प्रमुख उपसचिव हरिप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।

पर्सी २१ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने ईश्वरपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।