logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी क्षेत्रमा बिजुली अवरुद्ध


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी बजार क्षेत्र र बजारदेखि पूर्व रानिगन्ज, परवानीपुर, घारिबथान लगायत क्षेत्रमा आज अपरान्हदेखि विद्युत् अवरुद्ध छ ।

दिउँसो हावा चल्दा बागवानी क्षेत्रमा तार चुँडिएको थियो । त्यहाँ मर्मतको काम सकिए पनि बागवानी जंगलदेखि डुमडुमे मन्दिरसम्मको लाइन जोड्दा फल्ट देखाइरहेको र समस्या पहिचान गर्ने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले उज्यालो अभियानसँग बताए ।

साँझमा बत्ती अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । अब हावाहुरी चल्ने मौसम सुरु भएसँगै यस्तो समस्या बढ्ने प्राविधिकहरुले बताएका छन् ।

सर्लाहीमा आज दिनभर घाम लागेर चैत, बैशाखको झैँ हावा चलेको थियो ।