logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार, वीरगन्जमा उपचार चल्दै


  • उज्यालो अभियान

लालबन्दी – नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहटको राजपुर नगरपालिका १ का यमामुद्दीन देवानले चेकिङका क्रममा विवाद भएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका देवानलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

घाइते ट्राफिक प्रहरी जवान महतोको वीरगन्जमा उपचार भइरहेको छ ।