logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भेल्ही दुर्घटना : कविलासी नपाका ओभरसियर घाइते, काठमाडौं रेफर


  • उज्यालो अभियान

मलंगवा – हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३, भेल्ही चोकमा आज साँझ भएको दुर्घटनामा कविलासी नगरपालिकामा कार्यरत ओभरसियर गम्भीर घाइते भएका छन् ।

साँझ ५ बजेतिर महोत्तरीतर्फ ना १ ब ३५३७ नम्वरको सरकारी मोटरसाइकलमा जाँदै गर्दा कविलासी नगरपालिकामा कार्यरत ओभरसियर महोत्तरीको एकडारा गाउँपालिका–३, का २८ वर्षीय सतेन्द्र साह घाइते भएका हुन् । साहलाई भारतबाट रौतहटतर्फ जन्ती लिएर हिँडेको बीआर ०२ यू ५०२९ नम्वरको स्कारपियोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

दुर्घटनामा ओभरसियर साहको दाहिने खुट्टाको घुँडा भाँचिएको छ भने नाक र मुखमा चोटपटक लागेको छ । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेका छन् ।