बागमती – सर्लाहीको बागमती नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव हरिलाल पुरी हाजिर भएका छन् ।
पुरी छिमेकी चन्द्रपुर नगरपालिका रौतहटबाट सरुवा भएर बागमती आएका हुन् । उपसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने भएपनि बागमती नगरपालिकामा लामो समयदेखि अधिकृत स्तरका कर्मचारी विमलकुमार पोखरेलले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर चलाए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरीलाई नगरप्रमुख भरतकुमार थापा, विभिन्न वडाका वडाध्यक्ष र कर्मचारी भएर स्वागत गरेका छन् ।