हरिवन – सर्लाहीको हरिवनबाट प्रहरीले बिहीबार अपरान्ह ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
नक्कली नोटको ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरी खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, कडरिया चोकबाट दुई जनालाई पक्राउ गरेको हो । मोटरसाइकलमा रहेका ती दुई जनालाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी निरीक्षक अनिलराज गिरी नेतृत्वको प्रहरी टोलीले अहिले बरामद गरेको नोट गन्ने र मुचुल्का उठाउने काम गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले उज्यालो अभियानसँग बताए ।
नक्कली नोटसहित पक्राउ परेका दुई पुरुषको परिचय खुल्न बाँकी छ ।