हरिवन – सर्लाहीको हरिवनमा आजबाट फुड फेस्टिबल सुरु हुँदै छ ।
उद्योग वाणिज्य संघ हरिवनले स्थानीय उपत्पादनको प्रोत्साहन गरी बजारलाई चलायमान बनाउने उद्देश्यले पहिलो पटक फुड फेस्टिबल आयोजना गरेको हो । आज मध्यान्ह उद्घाटन हुने फुड फेस्टिबल पर्सी २० गतेसम्म रहने उद्योग वाणिज्य संघ हरिवनका सदस्य युवराज भण्डारीले जानकारी दिए ।
फुड फेस्टिबलमा स्थानीय कृषि उपज तथा परिकारका १८ वटा स्टल रहेका आयोजकले जनाएको छ । फुड फेस्टिबलको उद्घाटनका अवसरमा आज राष्ट्रिय कलाकार (गायिका) समिक्षा अधिकारीको प्रस्तुत राखिएको उद्योग वाणिज्य संघका सदस्य भण्डारीले बताए ।
उनका अनुसार फुड फेस्टिबलको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेको अध्यक्षतामा मेयर रमेश बुढाथोकी (कमल) ले उद्घाटन गर्ने छन् ।