logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवाबाट लागूऔषधसहित दुई युवक पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १६ माघ – सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

मलङ्गवा नगरपालिका–८, स्थित मुख्य बजार क्षेत्रमा कोठा भोडा लिएर लागूऔषधको कारोवार हुने गरेको सूचना पाएर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–८, मा कोठा गरेर बस्ने ३४ वर्षीय मनोज राउत र राउतलाई लागूऔषध ओसारपसार गर्न सहयोग गर्ने मलङ्गवा नगरपालिका–६, का ३२ वर्षीय समसुद्धिन मिकरानी रहेका छन् ।

प्रहरीले राउतको कोठा खानतलासी गरी नाइट्रोभेट ट्याब्लेट ११ पत्ता (३१० पिस), कोरेक्स १४ बोतल र ९०० ग्राम गाँजा बरामद गरेको छ । राउत र मिकरानी दुवैलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।