logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बालककाे जन्मदिनमा विद्यालयलाई खेलकुद सामग्री प्रदान


  • उज्यालो अभियान

विद्यालयका अध्यक्ष दिपक उप्रेती, प्रअ डिल्लीराम भट्टराई लगायतलाई खेलकुद सामग्री प्रदान गर्दै आभाष सुवेदी एवं उनका अभिभावकहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन, १४ माघ – हरिवन नगरपालिका-८ चापिनी निबासी १० वर्षीय आभाष सुवेदीकाे जन्मदिनकाे अवसरमा उनका अभिभावकले स्थानीय विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

हाल वैदेशिक राेजगारीमा रहेका विकास सुवेदी र नमुना भट्टराईले आफ्ना छाेरा आभाषकाे जन्मदिनकाे अवसरमा आईतबार दिउँसाे स्थानीय चुरे जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खेलकुद सामग्री प्रदान गरेका हुन् । आभासका हजुरबुबा बाेधराज सुवेदी, हजुरआमा कल्पना सुवेदी, आमा नमुना भट्टराई लगायत परिवारका सदस्य, प्रधानाध्यापक डिल्लीराम भट्टराई सहित शिक्षक, विद्यार्थीहरुले विद्यालयमै ´केक` काटेर जन्मदिन समेत मनाईएकाे विद्यालयका अध्यक्ष दिपक उप्रेतीले जानकारी दिए ।

विद्यालय जस्ताे पवित्र संस्थामा खेलकुद सामग्री प्रदान गरेर आफ्नाे सन्तानकाे जन्मदिन मनाउने अभिभावकहरु प्रति अध्यक्ष उप्रेतीले हार्दिक आभार प्रकट गरेका छन् ।