logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा दुई सातापछि पारिलो घाम


  • उज्यालो अभियान

आइतबार मध्यान्ह घाम लागेर उघ्रिएको लालबन्दी बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीमा दुई सातापछि आज (आइतबार) पारिलो घाम लाग्दा स्थानीयले राहत महशुस गरेका छन् ।

माघ लागेपछि लगातार शितलहरको मार खेपेका यहाँका स्थानीयले आज भने बिहानैदेखि पारिलो घाम लागेकाले राहत महशुस गरेका हुन् । यहाँ आज सबैभेगमा शीतलहर रोकिएर मौसम उघ्रिएको हो ।

मानिस सरसफाईदेखि अन्य दैनिक कामकाजमा ब्यस्त छन् । लगातारको बाक्लो हुस्सु र शितलहरले विशेष गरी शिशु, बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति बढी प्रभावित बनेका थिए । उनीहरुले पनि धेरै दिनपछि आज घाम लाग्दा राहत महशुस गरेका छन् ।

घाम लागेपछि यहाँको तापक्रम बढेको छ । आज मध्यान्ह १२ बजे जिल्लाको तापक्रम २० डिग्री सेल्सीयस मापन भएको छ ।