लालबन्दी – सर्लाहीमा आज शीतलहर रोकिएर बिहानैदेखि घाम देखा पर्न थालेको छ ।
उत्तरी चुरेभेगमा मौसम सफा भई हावा चलेको स्थानीयले बताएका छन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रका रानिगन्ज, लालबन्दी, नवलपुर, हरिवन, बागमती क्षेत्रमा पातलो मात्रामा हुस्सु लागेर घाम देखा पर्न थालेको छ ।
सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पनि विस्तारै हुस्सु पातलिँदै गएको छ । यहाँ अघिल्ला दिनहरुमा झैँ भिज्ने गरी शितलहर भने चलेको छैन् ।
मौसम केही उघ्रिए पनि न्यूनतम तापक्रम भने बढ्न सकेको छैन् । आज पनि बिहान ७ बजे यहाँको तापक्रम ८ डिग्री सेल्सीयस मापन भएको छ ।
माघ लागेदेखि लगातार ठिर्याउँदो चिसो हुँदा तराई मधेशको जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । वृद्धवृद्धा र अशक्त व्यक्तिलाई चिसो कटाउन असाध्य गाह्रो परिरहेको छ ।