logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रेडक्रस लालबन्दीको १६ औँ उपशाखा सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको १६ औँ उपशाखा सभा सम्पन्न भएको छ ।

लालबन्दी ५ स्थित जरुवा पानीमा रहेको संस्थाको निर्माणाधीन भवनमा उपशाखा सभापति ध्रुवप्रसाद घिमिरेको अध्यक्षता, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता र रेडक्रसका जिल्ला सभापति नागेन्द्रप्रसाद चौधरीको विशिष्ठ आतिथ्यतामा उपशाखा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा रेडक्रसका जिल्ला उपसभापति भवानी कोइराला, लालबन्दी उपशाखाका संस्थापक सभापति नारायणकाजी जोशी, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायतले मन्तव्य व्यक्त गरे ।

रेडक्रस लालबन्दीले अहिलेसम्म १ करोड ३५ लाख रुपैयाँ खर्चिएर जरुवा पानीमा तीन तले भवन निर्माण गरिरहेको र भवनको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक भरत गौतमले बताए ।