हरिवन – हरिवन सिटी जेसीजको तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम गएसाँझ सम्पन्न भएको छ ।
हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसको हलमा हरिवन सिटी जेसीज वर्ष २०२३ का अध्यक्ष राजेशप्रसाद चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य एवं जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको हो । कार्यक्रममा चौधरी नेतृत्वको वर्ष २०२३ ले निरज कार्की नेतृत्वको वर्ष २०२४ को नयाँ टिमलाई नेतृत्व हस्तान्तरण गरेको छ ।
यस्तै, लालबन्दी सिटी जेसीजको पाँचौं पदस्थापन समारोह आज हुँदै छ ।
दिउँसो ३ बजेपछि लालबन्दी ९ स्थित होटल आर्या इनमा पदस्थापन समारोह आयोजना गरिएको लालबन्दी सिटी जेसीज वर्ष २०२३ का अध्यक्ष मनोज बख्रेलले जानकारी दिए । बख्रेल नेतृत्वको टिमले वर्ष २०२४ का अध्यक्ष उपेन्द्र महतोलाई नेतृत्व हस्तान्तरण गर्ने छ ।