logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

घुर्कौलीबाट ८ जना जुवाडे पक्राउ


  • उज्यालो अभियान

घुर्कौली – प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय शियाराम महतोको खेतमा पानी पटाउने मोटर राख्ने एक कोठे पक्की घरमा जुवातास खेलिरहेका जुवाडेलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हरिवन नगरपालिका ५ का ४५ वर्षीय शियाराम महतो, ३८ वर्षीय मोहन फूँयाल, हरिवन नगरपालिका ६ का ३४ वर्षीय अशोक कुमार राई, ३९ वर्षीय हर्कमान तामाङ, २६ वर्षीय साजनकुमार मोक्तान, ३५ वर्षीय श्रवणकुमार सिंह, हरिवन नगरपालिका ७ पत्थरकोटियाका ५० वर्षीय निर्मलकुमार घिसिङ र लालबन्दी नगरपालिका ७ का ५२ वर्षीय श्रीनारायण साह रहेका छन् ।

जुवाको खालबाट ३८ हजार ४१० रुपियाँ नगद, आठ थान मोवाइल, एक थान चेक बुक, नौ बुक नखोलेको तास र जुवाडेहरुले खेलिरहेका ३३१ पत्ती तास बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

सो स्थानमा पेशेवर जुवाडेले बारम्बार जुवा खेल्ने गरेको सूचना प्रहरीलाई पहिलेदेखि नै आइरहेको थियो ।

गएसाँझ जुवाडेहरु जुवा खेलिरहेको सूचना पाएर गएको प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।