बलरा – सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा आज बिहान ग्याँस सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ ।
आज बिहान १०ः४५ बजेतिर खाना पकाइरहेका बेला स्थानीय अख्तर हुसेनको घरमा ग्याँस सिलिण्डर बिष्फोट भएर क्षति पुगेको हो । ग्याँस सिलिण्डर बिष्फोट हुँदा घरको छानो नै उडेको छ ।

प्रत्यक्षदर्शीले घरमा पुगेको क्षतिको अवस्था हेर्दा ठूलो दुर्घटना टरेको बताएका छन् । घटनामा मानवीय क्षति नभएको प्रहरी चौकी बलराले जनाएको छ ।
ग्याँस सिलिण्डर बिष्फोटबाट घरसहित घरभित्रका सरसामग्रीमा क्षति पुग्दा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।