मलंगवा – सर्लाहीको औरही र भाडसरमा २३० भन्दा बढी चिसो प्रभावितलाई कम्बल वितरण गरिएको छ ।
मधेश प्रदेश सरकारले उपलब्ध गराएको कम्बल आज चक्रघट्टा गाउँपालिकाको औरही र मलंगवा नगरपालिकाको भाडसरमा चिसो प्रभावितलाई जम्मा पारेर बाँडिएको हो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक प्रवीण धिताल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल, सशस्त्र प्रहरी नायब उपरीक्षक उद्धव वनलगायत भएर चिसो प्रभावितलाई कम्बल वितरण गरेका हुन् ।
प्रदेश सरकारले सर्लाहीका लागि २ हजार थान कम्बल पठाएको र अब क्रमैसँग चिसो प्रभावितलाई सो कम्बल बाँडिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।