लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको वाणिज्य बैंकको शाखाले पनि बुधबार ५९ औँ वार्षिकोत्सव मनाएको छ ।
बैंकको लालबन्दीस्थित शाखामै वार्षिकोत्सव कार्यक्रम गरिएको शाखा प्रवन्धक प्रदीपकुमार झाले जानकारी दिए । कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल के.सी., समाजसेवी रजनीकान्त झा लगायतको आतिथ्यता रहेको थियो ।
वक्ताहरुले वाणिज्य बैंकप्रति सेवाग्राहीको विश्वाससहितका विषयमा मन्तव्य व्यक्त गरे । वाणिज्य बैंकको यो शाखाले सर्लाहीको उत्तरी भेगका सेवाग्राहीलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।