जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
सिसौट सर्लाहीको रामनगर गाउँपालिकास्थित सिसौट बजारमा प्रहरीको संख्या बढाइएको छ ।
सोमबार छिमेकी राष्ट्र भारतमा रामको प्राण प्रतिष्ठाको कार्यक्रम आयोजना हुँदा सिसौट बजारमा निकालिएको ¥यालीका क्रममा फरक समुदायबीच केही विवाद भएदेखि प्रहरीको उपस्थिति बढाइएको हो । सोही विषयलाई लिएर आज दुवै पक्षबीच सिसौट बजारमै छलफल गर्ने तयारी भएको बुझिएको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण धितालले स्थानीय प्रहरी चौकीका प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गडहीयाबाट इन्स्पेक्टरको नेतृत्वमा थप मद्धतमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।