logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

स्व. कोइरालाको सम्झनामा विद्यालयमै श्रद्धान्जली सभा


  • उज्यालो अभियान

जियाजोर – सर्लाहीको लालबन्दी नगरपालिका– १२ जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालले विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गिय मेघराज कोइरालाको आज श्रद्धान्जली सभा गरेको छ ।

लालबन्दी २ जुटपानी निवासी स्वर्गिय कोइराला यस विधालयमा २०४७ साल जेठ महिना देखि २०६१ सालसम्म कार्यरत रहेको विद्यालयले जनायो । त्यसपछि उहाँ शिशु कल्याण मावि लालबन्दी ४, नवजीवन विधाश्रम लालबन्दी २ जुटपानीमा कार्यरत रहे ।

जुटपानी माविमा पनि आज श्रद्धान्जली कार्यक्रम गरियो ।

जियाजोर र जुटपानी अघि उनी तनहुँको दुईवटा माध्यमिक विधालयमा शिक्षण सेवामा कार्यरत रहे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामलाल थोकरको अध्यक्षता तथा लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गा बहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धान्जली सभामा विद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्ष सुशील थोकर, संस्थापक उमेश थोकरलगायतको आतिथ्यता रहेको थियो ।

सहभागीहरुले स्वर्गिय कोइरालाको तस्विरमा फूलमाला,अबिर लगाइ श्रद्धान्जली अर्पण गरेका छन् । वक्ताहरुले कोइरालाको शैक्षिक योगदानको जतिनै चर्चा गरे पनि कमी हुने बताए ।

उनी बिधालयको भौतिक विकास र शैक्षिक गुणस्तरमा लागि रहने एक असल र शिक्षाप्रेमी शिक्षक रहेको उहाँका सहपाठी शिक्षक ऋषि सुवेदीले बताए ।

कार्यक्रममा विद्यालयमा अध्ययन गरेका भुतपूर्व विद्यार्थीहरुले विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोगी भूमिका खेल्न सरोज तिमल्सिनाको संयोजकत्वमा ११ सदस्यीय भूतपूर्व विद्यार्थी समाजको तदर्थ समिति समेत गठन गरेका छन् । समाजले निकट भविष्यमै भुतपूर्व विद्यार्थीको वृहत भेला गराइ समाजको पूर्ण आकार दिने जनाएको छ ।