logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बाहिर निस्कँदा भिज्ने गरी शित, घट्न सकेन चिसो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीमा अहिले बिहानीपख बाहिर निस्कँदा शित झरेर भिजिने अवस्था छ ।

यहाँ आज हिजोको तुलनामा हुस्सु कम लागेपनि कठ्यांग्रिदो चिसो भने कामयै छ । शित झरेर भुइँ नै ओसिलो देखिन्छ ।

अत्यावश्यक काम परेर निस्कनुपर्ने पैदलयात्री, साइकल, मोटरसाइकल चलाउनेहरु शितले नै भिजिरहेका छन् ।

चिसो घट्न नसक्दा यहाँका विद्यालयहरु संचालन हुन सकेका छैनन् । दिउँसोपख समेत घाम नलाग्दा तराई मधेशको जनजीवन आक्रान्त छ ।