logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वडा कार्यालयको भवन बनाउन ४० लाखको जग्गा निःशुल्क प्रदान


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, मा वडा कार्यालय भवन निर्माणका लागि दुई दाजुभाईले ४० लाख रुपियाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

सोही वडाका स्थानीयवासी जगतनारायण श्रेष्ठ र तुल्सिनारायण श्रेष्ठले वडा कार्यालय भवन निर्माण गर्न प्रतिकठ्ठा २० लाख रुपियाँ पर्ने दुईकठ्ठा जग्गादान गरेका हुन् । उनीहरुले वडा नं. ७ को पोखरी टोलमा प्रदान गरेको जग्गामा आज वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

नगर उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष नाथुराम चौधरी र जग्गादाता जगतनारायण श्रेष्ठले संयुक्त रुपमा वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माणका लागि ईश्वरपुर नगरपालिकाले ४७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।