बागमती – आम जनता पार्टीका सर्लाही जिल्ला इन्चार्ज, अध्यक्षसहितका नेता कार्यकर्ताले सामूहिक राजिनामा दिएका छन् ।
पार्टीका सर्लाही जिल्ला इन्चार्ज दीपक कुमार रानाभाट, जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाई, केन्द्रीय सदस्य नारायण कार्कीसहितका ४१ जना नेता कार्यकर्ताले सामूहिक रुपमा राजिनामा दिएका हुन् । उनीहरुले प्रेस विज्ञप्ती जारी गरी पार्टीका अध्यक्ष प्रभु साह परिवारवाद र नातावादबाट चलेर रौतहटको मौलापुरलाई मात्रै राजनीतिक केन्द्र बनाई अरु जिल्लाका पदाधिकारीलाई उपेक्षा गरिएको आरोप लगाइएको छ ।
पार्टीभित्र फरक मत र विचार राख्नेलाई निषेध गरिएको भन्दै सो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।