लालबन्दी – सर्लाहीको उत्तरी भेगमा आज हुस्सु कम लागेर बिहानैदेखि मौसम उघ्रिँदै गइरहेको छ ।
चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा घाम लाग्न थालेको हो । तर दक्षिणी बेल्टमा भने हुस्सु लागेर चिसो कायमै रहेको स्थानीयले बताएका छन् ।
सर्लाहीमा झण्डै २ सातादेखि चिसो धेरै नै बढेको छ । गरिब र मजदुर परिवारलाई चिसो छल्न मुस्किल परिरहेको छ ।